समाचार

आमा बुवा र दाईको स्मृतिमा प्रतिक्षालय निर्माण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आफ्नो आमा , बुवा र दाईको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् । उनले आफ्नो आमा केशरी रुम्बा, बुवा सुनलाल रुम्बा र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतिक्षालय निर्माण गरेका हुन् । करिब एक लाख ५० हजार लागतमा निर्माण गरिएको...

हेटौंडामा नवजात शिशु मृत फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा शुक्रबार नवजात शिशु मृत अवस्थामा फेला परेको छ । उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–११, नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त घटनास्थलबाट कानुनी प्रक्रिया...

अचेत अवस्थामा भेटिएकी मकवानपुरकी लोप्चनको मृत्यु

मकवानपुर । अचेत अवस्थामा भेटिएकी मकवानपुरकी विष्णुमाया लोप्चनको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, भालुखर्क बस्ने लोप्चनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ६४ वर्षीया लोप्चन शुक्रबार साँझ आफ्नै घरदेखि बारीमा साग टिप्न गएकी थिइन् । अबेरसम्म घर नफर्किएपछि...

आजको मौसमः केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना...

माओवादी स्थायी समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने भएको छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन्...

प्रदेश सरकारलाई अधिवेशन आह्वान गर्न माग गर्ने राप्रपा बागमतीको निर्णय

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशले प्रदेश सरकारलाई हिउँदे अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलको शुक्रबार काठमाडौंमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले जनताहरुको जनजीविका र राष्ट्रिय गौरबको आयोजनाहरुको विषयमा संसदमा तत्काल छलफल गर्न प्रदेश सरकारलाई हिउँदे...

‘सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभई समग्र नेपालीको पर्व हो’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् । शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) को शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले १० वर्षे महान्...

सामुदायिक विव्यस महासंघ मकवानपुरको संयोजकमा सुनिल

मकवानपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी सुनिल बोम्जनले पाएका छन् । बोम्जनले महासंघ बागमती प्रदेश समितिको निर्णय अनुसार माघ २१ गतेको पत्र बमोजिम संयोजकको जिम्मेवारी पाएका हुन् । संयोजक बोम्जन मकवानपुरको बकैया गाउँपालिका–४ अवस्थित श्री बाघभैरब आधारभुत विद्यालय र बकैया गाउँपालिका शिक्षा समिति...

‘सोनाम ल्होछारले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शनिबार एक सन्देश जारी गर्दै विविधतामा एकता, सद्भाव र...

आज विविध कार्यक्रम गरी सोनाम ल्होछार मनाइँदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाइँदैछ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।...