‘सोनाम ल्होछारले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस्’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शनिबार एक सन्देश जारी गर्दै विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गरेका हुन् ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताए ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा तामाङ समुदाय पनि एक महत्वपूणर् अङ्ग भएको प्रमुख शर्माको भनाई छ ।
प्रमुख शर्माले आफ्नो सन्देशमा भनिएको छ,‘तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रिती(रिवाज तथा परम्पराको सम्बर्धन एवम् संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु ।’
