अचेत अवस्थामा भेटिएकी मकवानपुरकी लोप्चनको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २७, शनिबार १०:११
सांकेतिक तस्वीर

मकवानपुर । अचेत अवस्थामा भेटिएकी मकवानपुरकी विष्णुमाया लोप्चनको मृत्यु भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, भालुखर्क बस्ने लोप्चनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ६४ वर्षीया लोप्चन शुक्रबार साँझ आफ्नै घरदेखि बारीमा साग टिप्न गएकी थिइन् । अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।

अचेत अवस्थामा फेला परेकी उनलाई तत्काल उद्दार गरी उपचारको लागि मनमोहन स्मृती सामुदायिक अस्पताल फर्पिङ काठमाडौंमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

मृतक लोप्चनको शव पोस्टमार्टको लागि सोही अस्पतालमा राखिएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।