हेटौंडा अस्पतालमा १४२ जना किशोरी आमा बने

तु खबर संवाददाता
२०८० माघ २६,शुक्रबार १७:०६

मकवानपुर । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा १४२ जना किशोरी आमा बनेका छन् ।

चालु आवको गत साउन महिनादेखि पुष महिनासम्म सो संख्यामा किशोरीहरु आमा बनेको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जसनुसार साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२, मंसिरमा २३ जना र पुरुषमा १२ जना किशोरी आमा भएका हुन् ।

नेपालमा कानुनले नै २० वर्षमुनी विवाह गर्न नपाउने व्यवस्था गरिएको भएपनि प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ ।