कोशीका नयाँ मन्त्रीले आज शपथ ग्रहण गर्दै
विराटनगर । कोशी प्रदेश सरकारका पाँच जना नयाँ मन्त्रीले आज शपथ ग्रहण गर्ने भएका छन् । उनीहरुले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
शपथ लिने मन्त्रीहरुमा क्रमशः प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा, राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगर रहेका छन् । तीमध्ये प्रदीप, रामकुमार र इन्दिरा कांग्रेसबाट र राजेन्द्र र नारायण माओवादी केन्द्रबाट मन्त्रीको शपथ ग्रहण गर्ने भएका हुन् ।
स्रोतका अनुसार, सुनुवारले स्वास्थ्य मन्त्री, खत्रीले कृषि, सहकारी, बुर्जाले खानेपानी सिँचाइ तथा ऊर्जा, कार्कीले सामाजिक विकास र थापाले स्वास्थ्य, राज्यमन्त्रीको शपथ लिने भएका हुन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री रहेका छन् ।
