सरकारी छाप तथा कागजपत्र कीर्ते गर्ने पक्राउ
नवलपरासी । नवलपरासी पूर्वबाट प्रहरीले विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विनयी त्रिबेणी गाउँपालिका– ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियार पक्राउ गरेको हो ।
उनलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा पुगेको उक्त टोलीले पक्राउ गरिएको हो ।
साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।