नेपालमा भित्रियो १९ अर्बको औषधि र खोप
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ अर्ब रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको गत साउन महिनादेखि पुष महिनासम्ममा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो ।
जसमध्ये ९५ लाख ९० हजार २८६ किलो औषधि र ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
१६ अर्ब ९० करोड ८९ लाख ५७ हजार रुपैयाँको ९५ लाख ९० हजार २८६ किलो औषधि र ३ अर्ब ५ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात भएको हो ।
सो बापत् सरकारले ९६ करोड २६ लाख १६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको जनाइएको छ ।
ती औषधि र खोप भारत, अमेरिका, जापान, बेल्जियम, चीन, इन्डोनेसिया, इटाली, पाकिस्तान, अस्ट्रेलिया लगायत विभिन्न देशबाट आयात गरिएको हो ।
