समाचार

काठमाडौँ–१ मा समानुपातिकतर्फ कांग्रेस अगाडि, एमालेभन्दा साझा पार्टी अगाडि

काठमाडौँ, २५ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ । राससका अनुसार सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९११...

काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

बनेपा, २५ मंसिर । काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका तीर्थ लामाले ३९ हजार...

सुनसरीमा मतगणना स्थगित

इटहरी, २५ मंसिर । सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । सात घण्टाअघिदेखि शुरु भएको विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा(एमाले) नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री...

अन्यौल : प्रदेशसभा बैठक कहाँ, राजधानी कहाँ ?

काठमाडौँ, २५ मंसिर । संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचना कहाँ रहने भन्ने टुंगो लाग्न सकेको छैन । शहरी विकास मन्त्रालयको प्रस्तावमा आजको मन्त्रिपरिषद् बैठकले अस्थायी राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचनासम्बन्धी निर्णय गर्ने आशा...

प्रतिनिधिसभाका १४९ र प्रदेशसभाका ३०३ क्षेत्रको मतगणना सम्पन्न (यस्तो छ विवरण)

काठमाडौँ, २५ मंसिर । यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज अपराह्न ५ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १४९ र...

निर्वाचनका समयमा व्यक्त प्रतिबद्धता पुरा गर्ने प्रचण्डको उद्घोष

चितवन, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले निर्वाचनका समयमा व्यक्त गरेका प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गर्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज भरतपुरमा आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनताका लागि समर्पित भई अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष...

एमालेका किशोरी विजयी

जनकपुरधाम, २५ मंसिर । प्रदेशसभा धनुषा निर्वाचन क्षेत्र नं १ ‘क’ बाट नेकपा एमालेका उम्मेदवार किशोरी साह कमल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १४ हजार २०९ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्यामनारायण यादवले आठ हजार...

चुनाव हारेपनि जनताको लागि डटेर लाग्छु : मैनाली

मकवानपुर २५ मसिंर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा १ को ख बाट नपाँशक्ति पार्टी नेपाल मकवानपुरको तर्फबाट चुनावमा उठेका राजन मैनालीले चुनावमा हारेपनि जनताको लागि आफु डटेर लाग्ने बताएका छन् । तु खबरलाई प्रतिक्रिया दिँदै उनले जित हार जे भएपनि जनाताको सेवा गर्न कुनै असर नपर्ने समेत बताए...

हालसम्म कुन पार्टीले कति स्थानमा जिते हेर्नुहोस् नतिजा

काठमाडौं २५ मसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा अहिले निकैनै चासोको विषय बनेको छ । हाल सम्मको नतिजा अनुसार नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ७३ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभा तर्फ १३७ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी माओवादीले प्रतिनिधिसभा तर्फ ३० र प्रदेशसभामा ५७ स्थान...

नवलपरासीमा कोइराला र कण्डेल विजयी

नवलपरासी, २५ मंसिर प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी बर्दघाट सुस्ता पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् । उनकाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका थिए । त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम २ बाट नेपाली...