चुनाव हारेपनि जनताको लागि डटेर लाग्छु : मैनाली
मकवानपुर २५ मसिंर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा १ को ख बाट नपाँशक्ति पार्टी नेपाल मकवानपुरको तर्फबाट चुनावमा उठेका राजन मैनालीले चुनावमा हारेपनि जनताको लागि आफु डटेर लाग्ने बताएका छन् । तु खबरलाई प्रतिक्रिया दिँदै उनले जित हार जे भएपनि जनाताको सेवा गर्न कुनै असर नपर्ने समेत बताए । उनले मकवानपुरमा आगामी दिनमा पार्टीलाई थप मजबूद पार्ने साथै समाज सेवामा आफु थप हौसलाका साथ लाग्ने बताए । आफुलाई मतदान गर्ने सबैलाई आभार भन्दै जित्नेलाई शुभकामना र बधाई समेत दिए ।
उनको क्षेत्रमा बाम गठबन्धनका तर्फबाट डोरमणि पौडेलले जित हासिल गरेका थिए ।
