एमालेका किशोरी विजयी
जनकपुरधाम, २५ मंसिर । प्रदेशसभा धनुषा निर्वाचन क्षेत्र नं १ ‘क’ बाट नेकपा एमालेका उम्मेदवार किशोरी साह कमल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १४ हजार २०९ मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्यामनारायण यादवले आठ हजार ९११ मत प्राप्त गरेका छन् ।
