समाचार

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

पोखरा, ५ मंसिर । कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत...

विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली, ५ मंसिर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय...

बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बमको हल्लापछि हामीले सर्वोच्च...

कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

–सिद्धराज भटृ धनगढी, ५ मंसिर । थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि...

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

बागलुङ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम...

बुबाको किरिया बसेका विप्लव का बैतडी जिल्ला इञ्चार्ज पक्राउ

बैतडी, ५ मंसिर । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले...

उद्योग राज्यमन्त्रीलाई गुहार्दै मकवापुरे जनता सिंहदरबारमा

मकवानपुर, ४ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबार काठमाण्डौमा ज्ञापन पत्र बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औधोगीक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि...

संयोजक लामिछानेले कमल थापालाई समर्थन गरेपछि नयाँ शक्तिमा खैलाबैला / बैठक बसेर मात्र आधिकारिक धारणा आउँछ : लामिछाने

मकवानपुर, ४ मंसिर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ का प्रत्यक्ष तर्फका उम्मेदवार प्रल्हाद लामिछानेले कमल थापालाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी स्थगन गरेपछि अहिले मकवानपुरको राजनीतिक माहौल तातेको छ । निर्वाचनको तिथि नजिकिँदै जाँदा नयाँ शक्तिले उम्मेदवारी स्थगित गरी कमल थापालाई सहयोग गर्ने गरी गरिएको सहमति...

उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ

नुवाकोट, ४ मंसिर : नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको...

सिन्धुलीबाट विप्लवका ३ कार्यकर्ता पक्राउ

सिन्धुली, ४ मंसिर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्तालाई प्रहरीले सिन्धुलीमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी, हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय...