उद्योग राज्यमन्त्रीलाई गुहार्दै मकवापुरे जनता सिंहदरबारमा

तु खबर संवाददाता
२०७४ मंसिर ४, सोमबार १८:१५

मकवानपुर, ४ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबार काठमाण्डौमा ज्ञापन पत्र बुझाइएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औधोगीक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको कारण खुलाउँदै कालोपानी बाटो सुधार उपभोक्ता समितिले माननिय उधोग राज्यमन्त्री रेशम बहादुर लामालाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री लामाले जनताको मागका विषयमा सकरात्मक विचार व्यक्त गरेको ज्ञापन पत्र बुझाउन गएका समितका सदस्य अञ्जन सापकोटाले बताए ।

सो कार्यको लागि टासीलिङ खानेपानी तथा सररफाई उपभोक्ता समितिले पनि आफुलाई बाटो आवश्यक पर्ने र बाटो बन्द भएमा खानेपानी आयोजनाको क्षेत्रमा समेत असर पर्ने बताउँदै बाटोको लागि सिफारिश गरेको छ । औद्योगिक क्षेत्रमा बाटो पर्ने भएपछि त्यहाँ बसोबास गर्ने करिब चार सय घरधुरी प्रभावित भएका छन् ।

बाटो र खानेपानी आयोजनामै समस्या देखिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले समेत १५ दिनको लागि उद्योगको काम रोकेर छलफल गरी समस्या समाधान गर्न सुझाव दिएको सापकोटाले बताए । ज्ञापन पत्र बुझाउन सापकोटासहित शिव प्रसाद न्यौपाने, सहदेव न्यौपाने, रितेश दुलाल लगायतका समितिका सदस्यहरु पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*