समाचार

भिमफेदीमा सहकारी दिवसका अवसरमा प्रभात फेरी र विविध खेलकुद कार्यक्रम

भिमफेदी, १९ चैत । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मुल नाराका साथ मकवानपुरको भिमफेदी गाउँपालिकामा प्रभात फेरि तथा विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरि ६१ औँ सहकारी दिवस मनाइएको छ । भिमफेदी गाउँपालिका स्तरीय सहकारी सञ्जाल संयोजक तथा महिला जागृति बचत तथा ऋण सहकारी अध्यक्ष रीता आलेको अध्यक्षतामा...

प्रदेश ४ को नाम जुराउन ११ जिल्ला जाँदै विशेष समिति

पोखरा १९ चैत । प्रदेश नम्वर ४ को नाम जुराउन हम्मेहम्मे भएपछि प्रदेश नम्वर ४ मा प्रदेशको नामाकरण समिती बनेको छ । विभिन्न नामहरु सिफारीस भएपनि जातिए र धार्मिक आधारमा प्रदेशको नामाकरण गर्न नहुने भन्दै मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ्ले नामाकरण गर्न असहमति जनाईरहेका छन् । स्रोतको जानकारी अनुसार २१ गते...

चौघडामा १५ जना महिलालाई दुई दिने तालिम

हेटौँडा, १९ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा विभिन्न सामुदायिक वनका १५ जना महिलालाई दुई दिने लैँगिक तथा सामाजिक समावेशीकरण तालिम दिइएको छ । हेटौँडा ईलाका वन कार्यालय रातोमाटेको आयोजनामा भएको तालिम आईतबार सुरु भइ सोमबार सकिएको हो । रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संचालन...

३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक मंगलबार बस्ने

हेटौँडा, १९ चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक यही चैत २० गते बस्ने भएको छ । बैठक मंगलबार दिउँसो १ बजेदेखि बस्ने बताइएको छ । बैठकमा केही विधेयक, चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम लगायतका बारेमा छलफल हुने जनाईएको छ । यसअघि चैत १६ गते बसेको...

हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो...

३३ वर्षदेखि सगरमाथा जाने बाटो बनाउन सक्रिय छन् असी वर्षे शेर्पा

सोलुखुम्बु / ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन् । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री पर्यो तर...

गाईवस्तु चराउन गएका कट्टेलको डुबेर मृत्यू

सोलुखुम्बु, १९ चैत । नेचासल्यान गाउँपालिका–४ पोखरे बस्ने ५४ बर्षीय अबिकेशर कट्टेल गाईवस्तु चराउन गएका समयमा डुबेर मृत अवस्थामा भेटिएका छन् । उनी आइतबार सोलु खोलाको अंधेरी दोभानमा डुबेर मृत अबस्थामा फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रेलिङ हाल्ने क्रममा खसेर मृत्यु

धनुषा, १९ चैत । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ कुचाई टोल स्थित रामचन्द्र ठाकुरको घरको छतमा रेलिङ हाल्ने क्रममा आइतबार एक जनाको ज्यान गएको छ । काम गर्ने क्रममा अचानक ३ तला माथिबाट खस्दा घाइते भएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ आदर्श टोल बस्ने ५५ बर्षीय मुरारी श्रेष्ठको जानकी मेडिकल कलेज रम्दैयामा उपचारको...

सवारी दुर्घटनामा मकवानपुरका एक सहित ४ को मृत्यू, १४ घाइते

काठमाडौं, १९ चैत । मुलुकका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यू हुनुका साथै १४ जना घाईते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट स्थित ना.६ त ६२६२ नम्बरको ट्याक्टर आइतबार आफै अनियन्त्रित भई सडकमा पल्टिदा ट्याक्टरमा सवार सोही गाँउपालिका–३ बस्ने २० बर्षीय सूर्यबहादुर बलको घटनास्थलमै मृत्यु भएको...

आगलागीमा लाखौँको क्षति

काठमाडौं, १९ चैत । मुलुकका दुई स्थानमा भएको आगलागीमा साढे ९ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ बसन्तपुर बस्ने गज्जु मुसलमान लगायत तीन जनाको घरमा सोमबार आगलागी हुँदा करीब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । बर्दियाको राजापुर नगरपालिका–७ शंकरपुर...