उपमहानगरपालिकाभित्रका नागरिकको सर्वोत्तम हीतलाई ध्यानमा राखेर काम हुन्छ : मेयर महत

तु खबर संवाददाता
२०७४ चैत्र २८, बुधबार १९:४७

मकवानपुर । हेटौंडा उपमहानगरपालि मेयर हरिबोल महतले उपमहानगरपालिकाको विकासका लागि आफूहरु क्रियाशील भएको बताएका छन् ।

आज उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर महतले उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको सर्वोत्तम हितका लागि काम गर्न र त्यस अनुकुल योजना बनाउन आफ्नो तर्फबाट प्रयास भइरहेको बताएका हुन् ।

उपमहानगरपालिका सबैको भएकाले सबैका आवश्यकतालाई केन्द्रमा राखेर काम हुने समेत उनले बताए ।

आयोजित पत्रकार सम्मेलनमा मेयर महतले नगरभित्रका केही गुनासा र सुझाव भए दिन पत्रकारलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डे, प्रबन्धक शंकर उपाध्याय, भीमप्रसाद तिमल्सिनालगायतकाको उपस्थिति रहेको थियो ।

पत्रकार भेटघाटमा नगरपालिकाले दोस्रो चौमासिक अवधिसम्म गरेको कामकारवाहीका बारेमा जानकारी दिइएको थियो । कार्यकारी अधिकृत र प्रबन्धकहरुले उपमहानगरपालिकाले गरेको काम, भएका जटिलता र त्यसमा नगरको तर्फबाट भइरहेको सहजीकरणआदिका बिषयमा बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*