समाचार
हेटौंडामा अटोको ब्रम्हलुट उस्तै ,कहाँ गयो निर्धारीत भाडादर ?
बलराम पुडासैनी मकवानपुर २० चैत । मकवानपुरको हेटौंडामा हाल अटो ,इ –रिक्सा फिलिलि दौडिरहेका हुन्छन् । सर्वसाधारणको लागि सहज र तुरुन्त सवार गर्न उपयुक्त पनि छ अटो इ–रिक्सा तर अटो तथा इ रिक्सा व्यवसायीहरुले अत्याधिक भाडा असुल्दै सर्वसाधारणमाथि ब्रम्हलुट गरीरहेका छन् । हेटौंडा नगरमा हाल कति संङख्यामा अटो तथा...
प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ राख्न र स्थायी राजधानी काभ्रेमा बनाउन माग
-दिलबहादुर लामा/सन्देश थिङ मकवानपुर, २० चैत । प्रदेश नम्बर ३ को नाम ‘नेवा–ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमणि पौडेललाई आज ज्ञापन पत्र बुझाईएको छ । मुख्यमन्त्री पौडेलको कार्यकक्षमा पुगि नेपाल तामाङ घेदुङ र नेवा देय दबुले संयुक्त रुपमा प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्न माग गर्दै ज्ञापन पत्र बुझाईएको हो । तामाङ...
‘सहकारीलाई पर राखेर विकास हुन्न’–योजना मन्त्री ढुङ्गेल
मकवानपुर, २० चैत । प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारीलाई पर राखेर विकास संभव नभएको बताएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारीबिना विकास सोच्न नसकिने बताएका...
मुख्यमन्त्री पौडेल समक्ष हेटौँडामा बलात्कारीलाई जन्म कैदको माग, प्रहरीलाई निलम्बनको माग
हेटौँडा, २० चैत । सिस्टर सोसाईटी मकवानपुरले बलात्कारीलाई जन्मकैदको माग गरेका छन् । ६१ औँ सहकारी दिवसको अवसर पारेर सोसाईटी मकवानपुरले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल समक्ष जन्मकैदको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । सोसाईटीले महिला हिंसा तथा बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने समेत माग राखेका...
सहकारीलाई ठूलो उद्योग खोल्न आधा लगानी प्रदेशले गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन
हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल कुनै पनि सहकारीले ठूलो उद्योग खोल्न खोजे प्रदेश सरकारले आधा लगानी गरिदिने आश्वासन दिएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सहकारीले आधा लगानी गरेर ठुला खालका उद्योग सञ्चालन गर्न खोजे...
घरभित्रै जल्नबाट बच्यो मकवानपुरगढीका योञ्जन परिवार, घर र दुई लाख नगद जल्यो
–भुवन घलान मकवानपुर, २० चैत । मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा नरबहादुर योञ्जन आईतबार चर्को घाम लागिरहेको भएर खाना खाएपछि घरभित्रै आराम गर्न बसेका थिए । आराम गरिरहेका उनको आँखा तुरुन्तै लाग्यो तर उनी त्यतिखेर झस्किए जब उनको घरमा ह्वारह्वार्ती आगो लागिरहेको थियो । उनी घरभित्रै...
बैशाखको पहिलो सातादेखि मकवानपुरमा आर्थिक गणना हुँदै
मकवानपुर, २० चैत । मकवानपुरमा आउँदो बैशाखको पहिलो सातादेखि प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन हुने भएको छ । सरकारले आउँदो बैशाख २ गते देखि जेठ १५ गते सम्म आर्थिक गणना गर्ने भएको हो । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको आयोजनामा जिल्लाभरीको आर्थिक गणना सञ्चालन गर्न लागिएको सोमबार हेटौडामा...
प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ राख्न मुख्य मन्त्री डोरमणि पौडेललाई दवाब
हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ को नाम ‘नेवा–ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमािण् पौडेलमाथि दबाब बढ्ने भएको छ । यस अघि नै पशुपति, बाग्मती, नेपाल मण्डल तथा नेवा–ताम्सालिङ लगायतका नाम चर्चामा रहे पनि प्रदेशमा बाहुल्यता भएर पनि आवाज उठ्न नसकेपछि ‘नेवा ताम्सालिङ’ नामाकरण गर्ने कुरा हराउँदै गएको थियो...
मकवानपुरमा स्वास्थ्य बिमामा कमि, जनचेतनाको अभाव
मकवानपुर, २० चैत । मकवानपुरमा अन्य जिल्लाका तुलनामा स्वास्थ्य बिमा गर्ने नागरिकहरुको संख्यामा कमि आएको छ । हेटौँडामा स्वास्थ्य बिमा बोर्डको आयोजनामा भएको स्थानीय तहस्तरीय स्वास्थ्य विमा अभिमुखीकरण कार्यक्रमका क्रममा यस्तो तथ्य बाहिर आएको हो । सरकारले ल्याएको स्वास्थ्य विमा अन्तगर्त मकवानपुरमा ३२ हजार ७ सय ६ जनाले स्वास्थ्य...
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव छैनः प्रचण्ड
चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको...










