समाचार

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौँ / लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका–२४ घर भएका २५ बर्षीय सनि कुमारलाई लागूऔषध बुप्रेनोर्फिन ७ सय ५ एम्पुल, डाईजेपाम ७ सय ५ एम्पुल र फेनारगन ७ सय ५ एम्पुल सहित पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर जडीबुटी चोकमा प्रहरीले सोमबार उनी सवार बा.२८...

बञ्चरो प्रहार गरी एकै घरका दुई नाबालकको हत्या

रोल्पा / रोल्पाको त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । हत्या सोही ठाउँ बस्ने...

युवती बलात्कार प्रयत्न गर्ने ललितपुरका प्रहरी जवान पक्राउ

ललितपुर । महानगरीय प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधब राईलाई आज महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । एक किशोरीलाई बलात्कार प्रयास गरेको अरोपमा उनी पक्राउ परेका हुन् । सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ बर्षीय प्रहरी जवान राईलाई चैत १ गते नियन्त्रणमा लिईएको...

विक्रम पाण्डेको कन्स्ट्रक्सनमाथि हमला, सात सवारीमा बम र आगजनी

सिन्धुली – कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु¥याइएको छ । आज बिहान करीब १ बजेतिर...

प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत

काठमाडाैं / धानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलार्इ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलार्इ स्वीकृत गरेको हो । भारतीय समकक्षी नरेन्द्र माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन् । भ्रमणमा सरकारकातर्फबाट प्रधानमन्त्री ओलीसहित थप तीन मन्त्रीसमेत सहभागी...

नेपाल प्रहरीकाे भावी अार्इजिपी काे ?

काठमाडाैं/ गत वर्ष नेपाल प्रहरीको आईजिपी चयनमा शेरबहादुर देउवाले महाभारत मच्चाएका थिए । यो वर्ष आश्चर्यजनक रुपमा इतिहासमै सबैभन्दा कम चलखेल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चलखेल रोकेका छन् । अहिलेसम्म आईजीका दाबेदारले ओलीसँग भेटेर मलाई आईजी बनाइदिनुपर्यो भनेर भन्ने हिम्मत गरेका छन्, न त ओलीनिकट...

युवकको किचेर मृत्यू भएपछि मकवानपुरमा सवारी धनी र चालक पक्राउ

मकवानपुर, २० चैत । मकवानपुरको बकैया गाउँपालिकामा एक युवकको किचेर मृत्यू भएपछि ट्याक्टर चालक र सवारी धनीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी चालक अनुमती पत्र प्राप्त नगरेका चालक बकैया–७ का २१ वर्षीय उकेश ठकुरी र सवारी चालक अनुमती पत्र प्राप्त नगरेको व्यक्तिलाई ट्याक्टर चलाउन दिएको आरोपमा ट्याक्टर धनी...

मकवानपुरमा बलात्कारका घटना बढ्दै, यस्तो छ बलात्कारको दर्दनाक तथ्याङ्क

मकवानपुर, २० चैत । आजभोलि नेपालका विभिन्न स्थानमा बलात्कारको घटनामा वृद्धि हुँदै गएको अनुमान गर्न थालिएको छ ।बलात्कारमा प्रहरीदेखि आफन्तसम्मको सहभागिताले बलात्कार भयावह बन्दै गएको प्रष्ट हुन्छ । पछिल्लो समय मकवानपुरमा पनि यो संख्यामा वृद्धि भएको छ । मकवानपुरमा पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने यसले बलात्कारको डरलाग्दो...

हेटौँडामा ३ सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान

हेटौँडा, २० चैत । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा ३ उत्कृष्ट सहकारीलाई सम्मान गरिएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारी बैंकको तर्फबाट नियमित कारोबार र उत्कृष्ट कारोबार गरि ३ विधामा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको हो ।...

प्रदेश ३ मा मन्त्री र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवाहरु बारे सैद्धान्तिक सहमति जुट्यो

हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले मन्त्री तथा प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवा सुविधाहरुबारे सैद्धान्तिक सहमति जुटाएको छ । मंगलबार सम्पन्न बैठकले केही विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिनुका साथै एउटा बोर्ड गठन गर्ने सैद्धान्तिक सहमति दिएको हो । सरकारका प्रवक्ता आर्थिक मामिला तथा...