चन्द्र लामा अनुराग निर्देशित पहिलो म्युजिक भिडियो ‘मरेतुल्य जिन्दगी यो’ बजारमा

तु खबर संवाददाता
२०७४ चैत्र ३०, शुक्रबार १२:३८

मकवानपुर । गीतकार चन्द्र लामा अनुरागले अब म्युजिक भिडियो पनि निर्देशन गर्न थालेका छन् । उनले पहिलो पटक निर्देशन गरेको मरेतुल्य जिन्दगी यो बजारमा आएको छ । मेलिना राईको आवाजमा रहेको गीतको संगीत पनि उनै अनुरागको छ ।

सयौँ गीत बजारमा ल्याइसकेका अनुरागले शान्ति राईको शब्दमा संगीत भरेका हुन् । बिष्णु अधिकारीले एरेन्ज गरेको यो गीतको भिडियोमा सुरज खनालले क्यामेरा चलाएका छन् । मिलन विकले सम्पादन गरेको म्युजिक भिडियोमा सोनु भट्टराई र इभर ग्रिन अनमोलले अभियन गरेका छन् ।

भिडियो  पनि हेर्नुहोस् :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*