बालकृष्ण ढुंगेल रिहाईको माग गर्दै उज्जन श्रेष्ठको शालिक तोडफोड

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १७:१६

रामहरि श्रेष्ठ

ओखलढुंगा । उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जीवन बिताइरहेका बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणादय माविको हाताभित्र रहेको उज्जन कुमार श्रेष्ठको शालिक बुधबार राती तोडफोड गरेका हुन् ।

मध्यराती ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्‍‍दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’, जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिकलाई तोडफोड गरेको स्थानियले बताएका छन् ।

विप्लवले भने जनयुद्धका मुद्दा ब्यूँत्याएर ढुंगेललाई जेल हालेको, शालिक निर्माणको नाममा विदेशी डलर कुम्ल्याएको तथा विद्यालय हाताभित्र शालिक निर्माण गरेको भन्दै तोडफोड गरेको जनाएको छ ।

शालिक केही समय अघिमात्र अनावरण गरिएको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि अहिले ढुंगेल जेलजीवन बिताइरहेका छन् । – रातोपाटीमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*