अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १९:३०

अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द,संगीत तथा स्वर दिपक राजको रहेको छ भने गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् ।

गीत रिलिज भएसँगै कभर सङ प्रतियोगिता पनि निर्माण टिमले आयोजना गरेको छ । कभर सँङ बिजेताले रु ५० हजार नगद सहित आकर्षक पुरस्कार जित्नेछन । प्रवेश पौडेल निर्देशित यस फिल्माम अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ ।

समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

https://youtu.be/Y6iAkLtZQI0

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*