आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै खरेलद्वारा राजीनामाको घोषणा
काठमाडौँ । सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक आईजीपी नियुक्त गरेपछि दोस्रो बरियताका रमेश खरेलले राजीनामा दिने भएका छन् । नयाँ पत्रिका दैनिकका सुजित महतसँग कुराकानी गर्दै खरेलले आजबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेपाल प्रहरीका डीआईजीहरु खनाल, खरेल र पुस्कर कार्कीमध्ये एक जना प्रहरी महानिरीक्षक हुने संभावना थियो । सरकारले बरियताकै आधारमा खनाललाई महानिरीक्षक बनाएपछि खरेलले राजीनामा दिने बताएका हुन् । २९ बर्ष नेपाल प्रहरीमा रहेका खरेलले नेपाल प्रहरीप्रति आभार व्यक्त गरेका छन् । उनले आईजीपी नियुक्त खनाललाई बधाई पनि दिएका छन् ।
