समाचार
सुनको मूल्य फेरि नयाँ रेकर्डमा, तोलामा २ लाख ३९ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च विन्दु छोएको छ। पछिल्ला केही दिनदेखि लगातार वृद्धि हुँदै आएको सुन आज तोलामा १ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ...
भुर्तेलको अर्धसतकसँगै नेपालसित कुवेत पराजीत
काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत हिजो वुधबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो । टस जितेर व्याटिङको निम्तो पाएको नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो । यो लक्ष्य पछ्याएको कुवेत १८.१...
देशभरमा यी सडकहरु छन अवरुद्ध, पहिरो हटाउने काम निरन्तर
काठमाडौं। अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग र सडकखण्डहरूमा बाढी र पहिरोले आवागमन अवरुद्ध भएको छ। नेपाल प्रहरीले दिएको विवरण अनुसार आज बिहान ८ बजेसम्म देशभरका नौ स्थानका सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। अविरल वर्षा र पहिरोका कारण धेरै ठाउँमा सडक...
ट्रम्पको पहलमा इजरायल–हमासबीच शान्ति सम्झौता, सबै बन्धकहरू रिहा हुने सहमति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र हमासबीच शान्ति सम्झौताको पहिलो चरणमा सहमति भएको छ। उक्त सम्झौता अनुसार, गाजामा रहेका सबै बन्धकहरूलाई तुरुन्तै रिहा गरिने भएको छ। ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने, “ठूलो कुरा यो हो कि बन्धकहरूलाई रिहा गर्न गइरहेका छन्। सम्भवतः सोमबारसम्म यो कार्यान्वयन हुनेछ।”...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काडमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ कायम भएको छ। त्यसैगरी १०० दक्षिण...
पोखराको लिचीबारी जग्गा घोटाला: दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आज केहीबेर अघि मुद्दाको फाइल विशेष अदालतमा दर्ता गराएको हो। घुस लेनदेन र जग्गा दुरुपयोगसम्बन्धी यो प्रकरण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकालमा भएको हो। मुद्दामा...
नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ। नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको...
शान्ति–सुरक्षा सुदृढ पार्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति–सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको हो। बुधबार जारी विज्ञप्तिमा आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन र सामाजिक सद्भाव कायम...
सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...
वाशिंगटनमा कार्नी–ट्रम्प भेट : व्यापार तनावबीच सौहार्दपूर्ण संवाद
काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वाशिंगटनमा भएको भेटवार्तामा व्यापार तनावका विषयमा छलफल गरेका छन्। महिनौँदेखि जारी असमझदारी र अमेरिकी शुल्क नीतिबारे क्यानाडाको असन्तुष्टिका बीच पनि दुबै नेताबीचको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ। भेटअघि कार्नीले ट्रम्पसँग हात मिलाउँदा व्यङ्ग्यात्मक रूपमा भने, “मैले तिम्रो...