समाचार
बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरीमाथि हातपात
बानेश्वर चोकमा ड्युटीमा खटिएकी प्रहरी महिलामाथि हातपात भएको छ। प्रहरीले जनचेतना जगाउँदै जथाभावी बाटो नकाट्न र आकाशे पुलबाट मात्र बाटो काट्न भनेपछि एकजना युवकले आक्रोशित भएर ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् । प्रहरीलाई हातपात गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत रहेको खुलेको छ। उनलाई सर्वसाधारण समेतको...
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल सरकार, गृह मन्त्रालयले भोलि भदौ १० गते बुधबारका दिन मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयद्वारा जारी सूचनाअनुसार, २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिने व्यवस्था रहेको छ। सोही...
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न नेपालको सहमति
नेपाल सरकार मन्त्रिपरिषद्ले काठमाडौंमा पोर्चुगलको राजदुतावास खोल्न सहमति दिएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद्को वैठकले राजधानी काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिएको हो । नेपालले काठमाडौंमा कन्सुलर कार्यालय खोल्न आग्रह गरेपछि पोर्चुगलले कन्सुलर कार्यालय खोल्ने निर्णय गरेर नेपाललाई सहमतिका लागि अनुरोध गरेको थियो । पोर्चुगलको कन्सुलर कार्यालय...
सम्बन्धविच्छेद प्रमाणपत्र दिन १० हजार घुस, वडा सचिवविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध १० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै शाहले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएका थिए। अख्तियारको कार्यालय इटहरीमा परेको...
कानुनी व्यवस्था भए औषधीय गाँजा खेतीमा सहजीकरण गर्छौं : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजालाई आय, रोजगारी र सम्भावित राजस्वको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए। औषधिजन्य प्रयोगसँगै...
दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का
काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का गरिएको छ। सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा अग्रवालमाथि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानकै क्रममा उनीसँगै परिवारका सदस्य र कारोबारमा संलग्न...
रास्वपा सभापति लामिछानेले बोलाए संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्न संसदीय दलको बैठक बोलाएका छन्। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा पार्टीका सबै सांसद तथा मन्त्रीलाई उपस्थित हुन भनिएको छ। रास्वपाकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार संसद्मा...
उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना सवार गाडी दुर्घटना, एकको मृत्यु
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा...
अनलाइन व्यापार गर्ने सबै व्यवसायी अनिवार्य दर्ता हुनुपर्ने
काठमाडौं । सरकारले डिजिटल माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, मार्केटप्लेस तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन ताकेता...
युवामा लगानी र निर्णय प्रक्रियामा सहभागिता बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वान
न्यूयोर्क – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका युवाहरूको सिर्जनशीलता, गतिशीलता र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूमाथि लगानी बढाउन र निर्णय प्रक्रियामा समावेश गर्न विश्व समुदायसँग आह्वान गरेका छन् । ‘भिन्न सन्दर्भ, साझा आकांक्षा’ भन्ने नाराका साथ मनाइएको यस वर्षको दिवसका अवसरमा सन्देश जारी गर्दै...










