समाचार

मकवानपुरमा छ सयभन्दा बढी उद्योग बन्द

मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो एक वर्षको अवधिमा छ सय भन्दा बढी उद्योग बन्द भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा आर्थिक मन्दीलगायत कारणले छ सय १० वटा उद्योग बन्द भएको मकवानपुर उद्योग तथा वाणिज्य संघले जनाएको छ । सो कार्यालय प्रमुख रामप्रसाद भुसालका अनुसार, सो अवधिमा उद्योगतर्फ दुई...

पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

जुम्ला । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध बनेको छ । गएरातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि उक्त राजमार्ग पुनः अवरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको  जनाइएको छ । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको...

तरुण दलद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठक आगामी असोज ५ र ६ गते बस्ने गरी आह्वान गरिएको हो । बैठकमा नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्ने जनाइएको छ । बैठक भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे...

कांग्रेसद्वारा सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौं आउन ह्विप जारी गरेको हो । उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्तापक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । त्यसको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । यस्तै,...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । आज साँझ १८ः३० बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

प्रदेश आयोग उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले आयोगको सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...

अब मकवानपुरमा पनि महिला सुधार गृह

मकवानपुर । अब मकवानपुर जिल्लामा पनि महिला सुधार गृह संचालनमा आएको छ । पछिल्लो समय जिल्लामा महिला लागूऔषध प्रयोगकताको संख्या बढेसँगै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेहाइटमा महिला लागूऔषध तथा मादकपदार्थ पुर्नस्थापना गृह संचालनमा ल्याइएको हो । मकवानपुरमा पछिल्लो समय महिलाहरु पनि लागूऔषधमा फसेर नियन्त्रणबाहिर गएपछि पुनस्र्थापना गृह संचालनमा...

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको १०१ औं सदस्य बन्यो नेपाल

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१ औं सदस्य बनेको छ । सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको हो । यससँगै नेपाल पनि आईएसएको सदस्य बनेको हो । गत जेठ महिनामा नेपालले प्रतिनिधि सभाबाट आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदन गरेको थियो । सन्...

ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ

काठमाडौं । कलाकार सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकर पक्राउ परेका छन् । उनी कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार...