समाचार
हेटौंडा उपमहानगरद्वारा विशेष नगरसभा आह्वान
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभाको आह्वान गरेको छ । उपमहानगरको कार्यपालिका बैठकले कर समायोजनको लागि माग गरिएको विशेष नगरसभा बोलाउने निर्णय गरेको हो । विशेष नगरसभा आह्वान गरेपनि उपमहानगरले कर समायोजनलाई ‘अमान्य’ को संकेत दिएको छ । कर समायोजनका विषयमा व्यापक छलफल गरी नवगठित कार्यदललाई करको दर हेरफेरमा...
खेतको आलिबाट लडेर मकवानपुरका रुम्बाको मृत्यु
मकवानपुर । मकवानपुरमा खेतको आलिबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, समरपुरमा बुधबार बिहान खेतको आलिबाट लडेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय किशोर सिरबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भदौ ३० गते हेटौंडा आउने
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यही भदौ ३० गते आइतबार हेटौंडा आउने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने भएको कांग्रेस मकवानपुरले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा...
हेटौंडा–४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न सूचक पूरा गरेसँगै यही भदौ २८ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको...
जिप दुर्घटनामा परेर युवतीको मृत्यु
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार जिल्लाको सुर्नया गाउँपालिका–८, ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज १३५४ नं. जिप दुर्घटना पाँच जना घाइते भएका थिए...
बुधबार पनि शेयर बजारमा गिरावट
काठमाडौं । आज शेयर कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजारम गिरावट आएको छ । यसदिन नेप्से २२.७३ अंकले घटेको छ । बुधबार परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो लागेको हो । सो अवधिमा कारोबार रकममा पनि...
करेन्ट लागेर एक दम्पतीको मृत्यु
विराटनगर । मोरङमा बुधबार करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डल रहेका छन् । उनीहरु श्रीमान–श्रीमती हुन् । प्रहरीका अनुसार,...
माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि आज बसेको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’ को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीका सांसदहरुले बुधबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो । सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक–पटक अनुरोध गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादी सांसदहरुले अडान राखकेपछि...
स्व.सुवास नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गरिने
काठमाडौं । संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गरिने भएको छ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक इतिहासमा सदैव सम्झिरहने व्यक्तित्व रहेको भन्दै उनको नाममा प्रतिष्ठान...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, बाँके र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।...









