समाचार

रास्वपाद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्ने गरी आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा साढे १० बजेपछि बैठक बस्ने गरी बोलाइएको हो । बैठकमा उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ । यस्तै, बैठकमा असोज १ र...

नारी संरक्षण केन्द्रको सधारण सभा सम्पन्न

मकवानपुर । नारी संरक्षण केन्द्र हेटौंडाको २४ औं साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न भएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै सभाहलमा सम्पन्न भएको हो । कार्यक्रम केन्द्रका अध्यक्ष दिपाकुमारी गुरुङको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख...

जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न मुख्यमन्त्रीको आग्रह

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । मंगलबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको १० औं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले स्थानीय तहलाई सुशासन कायम हुने गरी र जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न...

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रकबाट गाँजा बरामद, दुई जना पक्राउ

बारा । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रकबाट प्रहरीले सोमबार अवैध गाँजा २ सय ४० किलोग्राम बरामद गरेको छ । ना.४ ख २०६३ नम्बरको ट्रकलाई बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ मा रोकी जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र लुकाइछिपाइ राखिएको उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त...

मकवानपुरमा स्क्रब टाइफसका १५६ जना बिरामी फेला

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका १५६ जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै महिलामा उक्त संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५५ जना पुरुष र १०१ जना महिलामा स्क्रब टाइफस...

आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदै

काठमाडौं । आज संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य नेम्वाङको स्मृति दिवस मनाइने भएको हो । स्व. नेवाङको गत २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो ।...

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट...

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै,...

५ जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँची जिल्लाका सीडीओको सरुवा गरेको हो । जसअनुसार, काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेतलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको...

खोलाले बगाउँदा मकवानपुरकी बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, सिम्पानीस्थित खहरे खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया रन्जिता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार बेलुका ५ बजे स्कुलबाट...