आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदै
काठमाडौं । आज संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदैछ ।
विभिन्न कार्यक्रमको आयोजना गरी तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य नेम्वाङको स्मृति दिवस मनाइने भएको हो ।
स्व. नेवाङको गत २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो ।
उनको स्मरणमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा कार्यक्रमको आयोजना गरेको छ । आज उनको तस्बिरमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरी उनको स्मरण गरिने एमालेले जनाएको छ ।
