हेटौंडा उपमहानगरद्वारा विशेष नगरसभा आह्वान

तु खबर संवाददाता
२०८१ भाद्र २६, बुधबार १७:५३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभाको आह्वान गरेको छ ।

उपमहानगरको कार्यपालिका बैठकले कर समायोजनको लागि माग गरिएको विशेष नगरसभा बोलाउने निर्णय गरेको हो ।

विशेष नगरसभा आह्वान गरेपनि उपमहानगरले कर समायोजनलाई ‘अमान्य’ को संकेत दिएको छ ।

कर समायोजनका विषयमा व्यापक छलफल गरी नवगठित कार्यदललाई करको दर हेरफेरमा आवश्यक सहजीकरण गर्ने अधिकारी प्रत्योजन गरेर विशेष नगरसभा स्थगित गरिने भएको छ ।

कर समायोजन गर्ने प्रस्ताव विशेष नगरसभामा जानुपूर्व विभिन्न विषयगत समितिहरुमा छलफल भएर राजश्व परामर्श समिति हुँदै जानुपर्ने हुन्छ । तर, चौतर्फी अन्यौलताबीचमै नगरसभा आह्वान गरिएको छ ।