समाचार
धरहरा असोज ३ गतेदेखि संचालनमा ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले धरहरालाई आगामी असोज ३ गतेदेखि संचालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि अस्थायी रूपमा संचालनमा ल्याउने निर्णय गरेको हो । संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा संचालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए । २०७२...
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताए । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको जनाएको छ । त्यसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै हाल लुम्बिनी, कर्णाली र...
आज हेटौंडा–४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–४ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–४ का...
हेटौंडामा नागरिक संघ–संस्था सम्बन्धि नीति संवाद कार्यक्रम हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नागरिक संघ–संस्था सम्बन्धि नीति संवाद तथा परामर्श कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रम गैर सरकारी महासंघ बागमती प्रदेशले आयोजना गर्ने भएको हो । कार्यक्रम आगामी असोज २ गते हुने भएको हो । सो बारे कार्यक्रमको पूर्व तयारी बैठकमा जानकारी गराइएको हो ।...
युवा र महिलालाई वनसँग जोड्नुपर्छः सांसद पाठक
मकवानपुर । बागमती प्रदेश सभा सदस्य भारती कुमारी पाठकले युवा र महिलालाई सामुदायिक वनसँग जोड्नुपर्ने बताएकी छन् । बिहीबार प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल (डब्लूआरआरएन) ले आयोजना गरेको वन व्यवस्थापनमा समुदायको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । हेटौंडा–६ चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको हलमा भएको...
मकवानपुरमा थप २४ जनामा डेंगु पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २३ र मनहरी गाउँपालिकाका एक जना गरी थप २४ मा डेंगु पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ३ सय ७० जना पुगेको छ । जसमा १ सय ८७...
वनस्पतिमा वातावरणीय अपराध रोकथाम सम्बन्धि सचेतना तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीबार एक दिवसीय सचेतना तालिमको आयोजना गरिएको छ । तालिम इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौंडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा भएको हो । कार्यक्रम जिल्ला...
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवले गरे पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव दिपक लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लामाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, गौरीटार रंगशालास्थित परिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सो क्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले लामालाई कार्यकाल सफलताको शुभकामना दिए । मन्त्री...
कांग्रेस बागमती प्रदेश महिला समितिले पायो पूर्णता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको महिला समितिले पूर्णता पाएको छ । पार्टी सहमहामन्त्री जीवन डंगोल संयोजक रहेको उक्त समितिले पूर्णता पाएको हो । उत्त, समितिमा २७ सदस्य रहेका छन् । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बिहिबार समितिको सदस्यहरुलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन् । समितिमा बागमती...










