हेटौंडामा नागरिक संघ–संस्था सम्बन्धि नीति संवाद कार्यक्रम हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नागरिक संघ–संस्था सम्बन्धि नीति संवाद तथा परामर्श कार्यक्रमको आयोजना हुने भएको छ ।
कार्यक्रम गैर सरकारी महासंघ बागमती प्रदेशले आयोजना गर्ने भएको हो । कार्यक्रम आगामी असोज २ गते हुने भएको हो ।
सो बारे कार्यक्रमको पूर्व तयारी बैठकमा जानकारी गराइएको हो । महासंघको सभा हलमा बसेको बैठकमा महासंघका केन्द्रिय सचिव बुद्धशरण लामा, बागमती प्रदेश कार्यबाहक अध्यक्ष कमल कुमार विश्वकर्मा, प्रदेश सदस्य रामचन्द्र न्यौपाने लगायत संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
