समाचार

हेटौंडा–४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै छैठौं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ४ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो कार्यक्रमलाई...

तु खबरकर्मी थिङ्द्वारा जन्मदिनमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

मकवानपुर । तु खबरकर्मी सन्देश थिङ्ले जन्मदिनको अवसर पारेर ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । थिङ्ले शुक्रबार मनहरी गाउँपालिका २ भुन्द्रुङ्गटाँडीस्थित श्री सीता माद्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् । २८ औं जन्मदिनको अवसरमा विद्यालयमा १ देखि ५ कक्षासम्म अध्ययनरत करिब...

संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म माओवादीले अवरोध कायम राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध कायम राख्ने निर्णय गरेको छ । माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा...

एकैदिन ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा आज पुसन प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । भाउ बढेसँगै छापावाल आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । जुन...

लागूऔषधसहित छुट्टाछुटुटै स्थानबाट १७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाठ १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट, सिराह, कैलाली, काठमाडौं र बर्दिया जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले नुवाकोट, दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ...

हेटौंडामा चाडपर्व लक्षित संयुक्त बजार अनुगमन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा चाडपर्व लक्षित संयुक्त बजार बजार अनुगमन सुरु भएको छ । खाद्य तथा दाना पदार्थ एवम् कच्चा पदार्थको गुणस्तर तथा स्वच्छता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता...

बागमतीका प्रमुख सचिव कार्कीको सरुवा

मकवानपुर । बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । केही दिन अगाडि मात्रै सचिवमा बढुवा भएका उनी वाणिज्य सचिवका रुपमा सरुवा भएका हुन् । कायममुकायम भएर बागमती प्रदेशका सचिवका रुपमा काम गरेका उनलाई सरुवा गरिएको हो । उद्योग वाणिज्य तथा...

घरेलु तथा साना उद्योग संघ मकवानपुरको अधिवेशन हुँदै

मकवानपुर । घरेलु तथा साना उद्योग संघ तथा महिला उद्यमी समिति मकवानपुरको २९ औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला अधिवेशन भोलि भदौ २९ गते शनिबार हुने भएको छ । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । घरेलु तथा साना उद्योग संघमा १९ र महिला...

बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा । बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भीरमा...

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुलेको छ । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुल्ला गरेको जनाएको हो । योग्यता पुगेका नेपाली नागरिकले नेपाल...