समाचार
आइतबार ५० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अंकले घटेको छ । यस दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७ दशमलव ७९ को बिन्दुमा झरेको जनाइएको छ । यस्तै, आज २ करोड ४८ लाख कित्ता सेयर किनबेच भएको...
राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन भएका छन् । संघको हेटौंडामा सम्पन्न दशौँ अधिवेशनबाट नगरकोटीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा पृतम राना, सचिवमा सबिन लामा, उपसचिवमा आशिष थापा, सुदिप थापा र कोषाध्यक्षमा विश्वराज विकल चयन...
विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल, मन्त्री महर्जनले दिए शुभकामना
मकवानपुर । नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक आगामी असोज ६ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । सभामुख पाठकका अनुसार, प्रदेश...
अमेरिकी डलरको मूल्य घट्यो, अन्यको के छ अवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, शुक्रबारको तुलनामा आज अमेरिकी ठलरको मूल्य घटेको छ । आज एक अमेरिकी डलर एकको खरिद दर १३३. ९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको...
जुवाखालबाट गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना पक्राउ
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरास्थित जुवाखालबाट प्रहरीले गएराति ९ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट सोही गाउँपालिकाका पूर्व अध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझीसहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा क्रमशः महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५...
दुर्घटनामा परेर नेपाली सेनाका पिउठको मृत्यु
सुलीकोट । सावरी दुर्घटनामा परेर नेपाली सेनाको पिउठको सुरेन राईको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार, शनिबार साँझ लक्ष्मी बजार जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपरले गोरखा नगरपालिका–९, लक्ष्मी बजारबाट...
बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा दरबन्दीभन्दा निकै कम कर्मचारीको पदपूर्ति भएको पाइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा स्वास्थ्यकर्मी र प्रशासनका गरी दरबन्दीभन्दा ४० प्रतिशत कर्मचारीको पदपूर्ति भएको पाइएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडा, जनस्वास्थ्य प्रयोगशाला, काभ्रे, आयुर्वेद औषधी उत्पादन...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै वर्षाको तथा कोशी प्रदेशको तराई भू–भागको एक–दुई स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयद्वारा जारी गरिएको कार्यसूचीमा उल्लेख छ । यस्तै, बैठकमा अर्थमन्त्री...










