समाचार
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत...
मकवानपुरको विभिन्न होटलबाट ७ बालश्रमिकको उद्दार
मकवानपुर । मकवानपुरको विभिन्न होटलबाट ८ बालश्रमिकको उद्दार गरिएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६, चिसापानीबाट एक बालिका र ६ बालक गरी ७ जनाको उद्दार गरिएको हो । उनीहरुको सिविन बाल हेल्पलाइन मकवानपुर र श्रम तथा रोजगार कार्यालय मकवानपुरको संयुक्त टोलीले उद्दार गरेको हो । मनहरी–४, सालघारीका...
आईसीसी विश्वकप लिग २ खेल्दै नेपाल
काठमाडौं । विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेद्ध । क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई÷दुई खेल्नेछन् । नेपाललले ७ महिनापछि आईसीसी विश्वकप...
निर्वाचन आयोगद्वारा मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर उक्त प्रस्ताव गरेका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी...
जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४२ वर्षीय राम कुमार जिमी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई...
घरेलु तथा साना उद्योग संघको साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल
मकवानपुर । घरेलु तथा साना उद्योग संघ मकवानपुरको साधारण सभा तथा तथा महिला उद्यमी समिति मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघको २९ औं वार्षिक साधारणसभा तथा महिला उद्यमी समितिको नवौं जिल्ला अधिवेशन एकैदिन सम्पन्न भएको हो । कार्यक्रम बागमती प्रदेश सरकारको उद्योग, वाणीज्य, भूमी तथा प्रशासनमन्त्री शुकमाया...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट आइतबार बिहान लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको थाक्रे गाउँपालिका–४ बस्ने ३४ वर्षीय जिबन मगर र सोही गाउँपालिका–६ महादेबबेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् । उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको...
मकवानपुरमा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरमा जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदैछ । तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त...
हेटौंडाको बनस्पतिमा सप्ताह सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, बनस्पतिमा आइतबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले नेपालको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजको महत्व र यसको...
कांग्रेसद्वारा स्थानीय तह निर्वाचनको समिक्षा मकवानपुरबाट सुरु
मकवानपुर । नेपाली कांग्रेसले २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा आजबाट सुरु गरेको छ । कांग्रेस स्थानीय तह केन्द्रीय समन्वय विभागको आयोजनामा आज मकवानपुरमा २८ महिनापछि निर्वाचनको समिक्षा सुरु भएको हो । विभाग गठनमा भएको ढिलाईका कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा २०८१ भदौ अन्तिमबाट सुरु भएको हो...









