बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक आगामी असोज ६ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको हो ।
उक्त बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सभामुख पाठकका अनुसार, प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिहरुमा उक्त तीन वटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराइसकिएको छ ।
बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
