दुर्घटनामा परेर नेपाली सेनाका पिउठको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र ३०, आईतवार ०९:५०
सांकेतिक तस्वीर

सुलीकोट । सावरी दुर्घटनामा परेर नेपाली सेनाको पिउठको सुरेन राईको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार साँझ लक्ष्मी बजार जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपरले गोरखा नगरपालिका–९, लक्ष्मी बजारबाट ठिङगुरे स्वाँराको रिपु मर्दन गण तर्फ आउँदै गरेको बा ७० प २८७१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटना परेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । मृतक राई देउमाई गाउँपालिका–२, देउमाई इलाम निवासी हुन् । २६ वर्षीय राई मोरटसाइकलमा सवार थिए ।

यस्तै, उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक २५ वर्षीय जनम राई भने घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै जना रिपु मर्दन गणमा कार्यरत पिउठ रहेको जनाइएको छ ।