राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन भएका छन् ।
संघको हेटौंडामा सम्पन्न दशौँ अधिवेशनबाट नगरकोटीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा पृतम राना, सचिवमा सबिन लामा, उपसचिवमा आशिष थापा, सुदिप थापा र कोषाध्यक्षमा विश्वराज विकल चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुने जनाइएको छ ।
