एकैदिन ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा आज पुसन प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै छापावाल आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको भाउ तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै शुक्रबार सुन तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।