बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १०:०६

पोखरा । बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।

उक्त दुर्घ६नामा परेर अर्का एक जना घाइते भएको र उनलाई उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ । उक्त घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको छ ।