समाचार
वीपी विचार समाज मकवानपुरको आयोजनामा वृक्षारोपण कार्यक्रम
मकवानपुर । कांग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११ औँ जन्मजयन्ती मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सोमबार वीपी विचार समाज मकवानपुरले वीपी जन्मजयन्तीको अवसर पारेर वृक्षारोपण तथा विचार गोष्ठि कार्यक्रमको आयोजना गरेको छ । वीपी विचार समाज मकवानपुरका अध्यक्ष बिनोदचन्द्र कोइरालाको अध्यक्षतामा...
मिस्टर नेपालको सेकेण्ड रनरअप हेटौंडाका बोम्जनलाई बधाई तथा शुभकामना प्रदान
मकवानपुर । मिस्टर नेपालको सेकेण्ड रनरअप हेटौंडाका आयुष बोम्जनलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । कार्यक्रम सोमबार टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा–१५ को आयोजना भएको हो । बोम्जन मिस्टर नेपाल २०२४ प्रतियोगितामा सहभागी भएका थिए । हेटौंडा–१५ नम्बर वडाका निवासी बोम्जन मिस्टर नेपाल २०२४ को प्रतिस्पर्धामा...
मकवानपुरे हास्यव्यङ्यकार आरसी रिजाल नगदसहित सम्मानित
मकवानपुर । मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । रिजाल फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मानबाट सम्मानित भएका हुन् । फित्कौली डटकम संचालनको एघारौं वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजित एक कायक्रममा रिजाललाई २० हजार १ सय ५ रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । रिमाललाई...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको जानकी गाउँपालिका–७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९ सय २४...
वीपीको १११ औं जन्मजयन्तीको अवसरमा सरसफाई कार्यक्रम
मकवानपुर । नेविसंघ मकवनपुरले वीपी जयन्तीको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ केद्रिय कार्यसमितिले परिपत्र गरे बमोजिम हेटौंडाको हेटौंडा क्याम्पस परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको नेविसंघ मकवानपुर सचिव आशिष बास्तोलाले जानकारी दिए । नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेविसंघ हेटौंडा उपमहानगरपालिका...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई सोही नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने २८...
सोमबार ५५ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार परिसूचक नेप्से भारी अंकले गिरावट आएको छ । आज नेप्से ५५ अंकले घटेरको बजार परिसूचक २ हजार ६४६ अंकमा झरेको छ । यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा ९ अर्ब ३७ करोडको मात्रै कारोबार...
दुर्घटनामा परेर घाइते मकवानपुरका गौतमको मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोकस्थित भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४६ वर्षीय उत्तम गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, भदौ २१ गते...
हेटौंडा अस्पतालमा उपचाररत् बिरामीलाई फलफूल
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचाररत् बिरामीलाई फलफूल वितरण गरेको छ । सोमबार परेको १११ औँ वी.पी जयन्तीको अवसरमा संघले उक्त अस्पतालमा उपचाररत् ६० जना बिरामीलाई फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रम संघका अध्यक्ष हरि मुक्तानको संयोजकत्वमा भएको हो ।...
गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या ११ लाख
काठमाडौँ । गण्डकी प्रदेशमा स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या ११ लाख १६ हजार १४ पुगेको छ । एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशले जनाएको छ । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले...










