समाचार
प्रतिनिधि सभाको बैठक आज पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै,...
५ जिल्लाका सीडीओको सरुवा
काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँची जिल्लाका सीडीओको सरुवा गरेको हो । जसअनुसार, काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेतलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको...
खोलाले बगाउँदा मकवानपुरकी बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, सिम्पानीस्थित खहरे खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया रन्जिता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार बेलुका ५ बजे स्कुलबाट...
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको पर्यटन विभागको सदस्यमा १० जनालाई मनानीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । मनोनीत हुने सदस्यहरूमा क्रमशः खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा,...
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेल समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा २६६ को उपधारा...
डेंगुबाट मृत्यु हुनेको संख्या पाँच जना पुग्यो
काठमाडौं । देशभर डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार, गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये ७५ जिल्लामा फैलिएको...
राष्ट्रिय सभाको बैठकमा भूकम्प पीडितलाई अविलम्ब सहयोग गर्न माग
काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले भूकम्प पीडितलाई अविलम्ब सहयोग गर्न माग गरेका छन् । भूकम्प गएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएको भन्दै सांसदहरूले यस्तो माग गरेका हुन् । बैठकमा सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष वितिसक्दा पनि भूकम्प पीडितले राज्यबाट...
सरकारी कार्यालयमा बसेर कर्मचारीले शेयर कारोबार गर्न नपाउने
काठमाडौं । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर काम गर्ने कर्मचारीले अनलाइनमार्फत् शेयर कारोबार गर्न नपाउने भएका छन् । कर्मचारीहरू दिनभर काम भन्दापनि शेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो व्यवस्था गर्न दिर्नेशन दिएको हो । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय...
चार लाख ५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष उपेन्द्र सहनी र सचिव उपेन्द्र साह घुस रकमसहित पक्राउ परेका छन् । उनीहरु चार लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनीहरुलाई घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामापक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
नयाँ आविष्कार र अनुसन्धानमा लाग्न प्रधामन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ–नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा संगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा बोल्दै प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ आविष्कार र अनुसन्धानमा लाग्न आग्रह गरेका...










