समिट अफ द फ्युचरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने  – गरिबी निवारणमा साझा प्रयास आवश्यक

तु खबर संवाददाता
२०८१ आश्विन ७,सोमबार ०४:५१
प्रधानमन्त्री ओली समिट अफ द फ्युचरमा अध्यक्षता गर्दै । तस्बिर : प्रधानमन्त्री ओलीको प्रोफाइल ।

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको न्युयोर्कमा आयोजित समिट अफ द फ्युचर सत्रमा सम्बोधन गर्दै अल्प विकसित मुलुकहरुले गरिबी निवारणका लागि उत्पादन वृद्धि र औद्योगिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले गरिबी अल्प विकसित मुलुकहरुको साझा समस्याको रुपमा रहेको बताउँदै यसको समाधानका लागि काम गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जन र यसले अल्पविकसित मुलुकलाई पारेको प्रभाव नियन्त्रणमा पनि साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासम्मिलित प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघका ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेको छ ।