समाचार

हत्या आरोपी हेटौंडाका प्रविनलाई पुर्पक्षका लागि थुनामा पठाइयो

मकवानपुर । हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका हेटौंडा–१ का प्रविन विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । २८ वर्षीय प्रविनलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि भीमफेदी कारागार पठाएको हो । जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले दिएको आदेश अनुसार प्रहरीले प्रविनलाई आइतबार नै थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाइसकेको...

बागमती प्रदेशमा साढे २ अर्बभन्दा बढी राजश्व संकलन

मकवानपुर । बागमती प्रदेश सरकारले पछिल्लो २ महिनाको अवधिमा साढे २ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि भदौ महिनाको अन्तिमसम्म २ अर्ब ६५ करोड ४३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।...

राप्ती खोलाले बगाएर हेटौंडाका कार्कीको मृत्यु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित राप्ती खोलाले बगाएर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१, चाइना क्वाटर बस्ने ४९ वर्षीया दीपक कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार,  कार्की चाइना क्वाटर पछाडी रहेको राप्ती खोलामा आएको बाढीले माथिबाट बगाइ...

आजबाट जितिया पर्व सुरु

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ आजबाट सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने उक्त पर्व आजबाट धार्मिक विधिअनुसार सुरु भएको हो । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज...

धनुषा प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । गएराति भेन्टिलेसन तोडेर ८ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, हिराशत कक्षबाट ९ जना थुनुवा फरार भएका थिए । तीमध्ये एक जनालाई भने पक्राउ गरिएको छ । फरार...

कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आइतबारको तुलनामा आज अमेरिकी डलर एकको खरिद दर १३३.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१ रुपैयाँ रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर...

सक्रिय बन्दै मनसुन, आज यी प्रदेशमा वर्षाको सम्भाना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय बन्दै गएको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको हो । महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।...

बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । आइतबारबाट सुरु भएको प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडाले जनाएको छ । संसद् सचिवालयका अनुसार, आज बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा विभिन्न...

बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

मकवानपुर । बागमती प्रदेश सरकारले आइतबार नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडा–१० मा पत्रकार सम्मेलनको आयोजना गरी सत्तारुढ दल कांग्रेस र एमालेले चुनावी घोषणा पत्रलाई आधार मानेर तय गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर...