बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

तु खबर संवाददाता
२०८१ आश्विन ७, सोमबार ०८:५४

मकवानपुर । बागमती प्रदेश सरकारले आइतबार नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडा–१० मा पत्रकार सम्मेलनको आयोजना गरी सत्तारुढ दल कांग्रेस र एमालेले चुनावी घोषणा पत्रलाई आधार मानेर तय गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले गत भदौ २६ गते मन्त्रिपरिषद् बैठकबाट नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम पारित गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको नीति र कार्यक्रम तथा बजेटले निर्धारण गरेका क्षेत्रहरुलाई विशेष रुपमा प्राथमिकतामा राखेका छन् ।

६७ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेश प्रहरी ऐन, अनुसन्धान व्युरो स्थापना, निजामती कर्मचारी ऐन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको उल्लेख छ ।

कार्यक्रममा राप्रपा संसदीय दलका नेता उद्धव थापाको समेत उपस्थिति रहेको थियो । उनले न्यूनतम साझा कार्यक्रम कार्यान्वयको शुभकामना समेत दिए ।

यस्तो छ प्रदेश सरकारको साझा कार्यक्रमको (पूर्णपाठसहित) ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab