समाचार
अनिश्चितकालका लागि स्थगित भयो बागमती प्रदेश सभा बैठक
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् । आइतबारबाट सुरु भएको प्रदेश सभाको सोमबार दुई वटा बैठक बसेको थियो । सोमबार बसेको पहिलो बैठकमा विशेष समय दिइएको थियो । सो क्रममा...
थानाभर्याङ टोल विकासको अध्यक्षमा पुनः कप्रौला
मकवानपुर । हेटौंडा उपमहानगपालिका वडा नम्वर ११, स्थित थानाभर्याङ टोल विकास संस्थाको अध्यक्षमा पुनः बसन्त कप्रौला चयन भएका छन् । संस्थाको ११ औं साधारण सभाबाट कप्रौला पुनः अध्यक्ष पदमा चयन भएका हुन् । यस्तै, संस्थाको उपाध्यक्षमा सरिता दाहाल, सचिवमा पवन पण्डित, सह–सचिवमा अम्बिका कँडेल, कोषाध्यक्षमा रामेश्वर नगरकोटी चयन भएका...
फेरी सक्रिय बन्दै मनसुन, यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन फेरी सक्रिय बन्दै गएको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको छ । त्यसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ...
सुनुवाइ समितिको बैठक आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने गरी आह्वान गरिएको हो । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न उक्त बैठक आह्वान गरिएको हो । सअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र...
हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडकखण्डमा सवारी संचालनमा रोक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा सवारीसाधन संचालनमा रोक लगाइएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा आजबाट १२ दिन (असोज ८ गतेदेखि असोज १९ गते) सम्म सवारी संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए...
नवलपुरमा बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान तर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी...
बागमती प्रदेश सभाबाट तीन वटा विधेयक पारित
मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट विभिन्न तीन वटा विधेयक पारित भएको छ । प्रदेश सभाको विभिन्न समितिबाट प्रतिवेदन पारित भएर आएको तीन वटा विधेयकलाई आज अपराह्न बसेको दोस्रो बैठकबाट सर्वसम्मतिबाट पारित गरिएको हो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास...
सोमबार शेयर बजारमा भारी अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार बढेको शेयर बजार सोमबार पुनः गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९ दशमलव ०२ अकंले घटेर २ हजार ५२९ दशमलव ३३ बिन्दुमा कायम भएको छ । आज ३२९...
जितिया पर्वको लागि पोखरीमा नुहाउन गएकी महिलाको डुबेर मृत्यु
गौर । रौतहटमा जितिया पर्वका लागि पोखरीमा नुहाउन गएकी एक महिलाको सोमबार डुबेर मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुर गाउँमा रहेको पोखरीमा जितिया पर्वका लागि नुहाउन गएकी ४५ वर्षीया गिरिजा देवीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पोखरीमा डुबेको खबर प्राप्त...
मकवानपुर मुस्लिम समुदायको आयोजनामा प्रदेश प्रमुखको स्वागत
मकवानपुर । मकवानपुर मुस्लिम समुदायले प्रदेश प्रमुखहरुको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । मुस्लिम समुदाय मकवानपुरले सोमबार हेटौंडा –४ जामे मस्जिदमा एक कार्यक्रमको आयोजनामा गरी दुई प्रदेश प्रमुखको स्वागत तथा सम्मान गरेको हो । मुस्लिम समुदायले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर...










