समाचार
वनस्पतिमा वातावरणीय अपराध रोकथाम सम्बन्धि सचेतना तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीबार एक दिवसीय सचेतना तालिमको आयोजना गरिएको छ । तालिम इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौंडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा भएको हो । कार्यक्रम जिल्ला...
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवले गरे पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव दिपक लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लामाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, गौरीटार रंगशालास्थित परिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सो क्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले लामालाई कार्यकाल सफलताको शुभकामना दिए । मन्त्री...
कांग्रेस बागमती प्रदेश महिला समितिले पायो पूर्णता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको महिला समितिले पूर्णता पाएको छ । पार्टी सहमहामन्त्री जीवन डंगोल संयोजक रहेको उक्त समितिले पूर्णता पाएको हो । उत्त, समितिमा २७ सदस्य रहेका छन् । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बिहिबार समितिको सदस्यहरुलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन् । समितिमा बागमती...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेल रहेका छन् । पौडेललाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती महिलाले...
दशैँका लागि हवाई टिकट बुकिङ सुरु, सार्वजनिक सवारीसाधनको कहिलेबाट ?
काठमाडौं । चाडबाँडलाई लक्षित गर्दै यात्रुहरुले धमाधम हवाई टिकट बुकिङ गर्न थालेका छन् । यात्रुहरुले दशैँमा टिकको अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले अहिलेनै धमाधम हवाई टिकट बुकिङ गर्न लागेका हुन् । अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको वायुसेवा...
रास्वपाको राष्ट्रिय भेला सर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला सरेको छ । आगामी असोज ३ र ४ गतेको लागि आह्वान गरिएको रास्वपाको राष्ट्रिय भेला दुई दिन अगाडि सरेको हो । पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण राष्ट्रिय भेला २ दिन अगाडि सार्नुपरेको बताए...
देशका ४२ जिल्लामा सुपथ मूल्य पसल संचालन हुँदै
काठमाडौं । सरकारले चाडबाँडलाई लक्षित गरी आगामी असोज ७ गतेबाट सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुपथ मूल्यका पसल देशभर ४२ वटा जिल्लामा संचालन हुने बताए । मन्त्री भण्डारीलेले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी...
छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, सिराहा, कपिलवस्तु, झापा, रौतहट र मोरङ जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुर, भिमदत्त नगरपालिका–१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ९० मिलिग्रामसहित बुधबार साँझ पाँच जनालाई पक्राउ गरेको...
ब्रेक लाग्यो शेयर बजारको ओरालो यात्रामा, ७८ अकंले बढ्यो नेप्से
काठमाडौं । केही दिनदेखि लगातार ओरालो यात्रा लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । ६ दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पुनः लयमा फर्किएर ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव १७ अकंले बढेर २ हजार ६६६ दशमलव ३८ बिन्दुमा कायम भएको छ...
निर्माण व्यवसायी महासंघ बागमतीको अध्यक्षमा तामाङ निर्वाचित
काठमाडौं । निर्माण व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा छत्र बहादुर तामाङ निर्वाचित भएका छन् । महासंघको राजधानीमा सम्पन्न दोस्रो अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कंडेल निर्वाचित भएका छन् भने महासचिवमा चन्द्र कुमार वाइवा निर्वाचित भएका छन् । यस्तै,...










