समाचार

मकवानपुरमा डेंगु सक्रमितको संख्या ६४५ पुग्यो

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या ६ सय ४५ पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या ६ सय ४५ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ३०७ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।...

बुधबार उकालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उकालो लागेको छ । तीन कारोबार दिनदेखि लगातार ओरालो लागेको शेयर बजार परिसूचक (नेप्से) बुधबार भने उच्च अंकले बढेको हो । यसदिन २ हजार ४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अंकले बढ्दै परिसूचक २ हजार ५१९ दशमलव ५७...

एक महिनामै ५७ हजारभन्दा बढी नेपाली विदेशीय

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा ५७ हजारभन्दा बढी नेपाली रोजगारका लागि विदेशीयका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा ५७ हजार ४९३ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त विभागका अनुसार, भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने

काठमाडौं । यही असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला हुने भएको छ । दसैँ, तिहार र छठ पर्वमने अवसरमा यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि रुट परमिट खुला गर्न लागेको यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुले बताए । रुट परमिट खुला गर्ने...

राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१...

कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार, चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार...

लागूऔषधसहित एक युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट प्रहरीले आज बिहान नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले उनलाई लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेटसहित पक्राउ गरेको हो...

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको छ । निर्वाचन आयोगले संविधानको धारा २७१ बमोजिम आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना जारी गरेको हो । दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने...

हेटौंडा–काठमाडौं जोड्ने दक्षिणकाली–छैमले सडकको कालोपत्रे गर्ने कार्य स्थगित

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली–छैमले सडकखण्डको कालोपत्र गर्ने कार्य स्थगित भएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि मंगलबारबाट १२ दिन (असोज ८ गतेदेखि असोज १९ गते) सम्म सवारी संचालनमा रोक लगाइएको थियो । उक्त खण्डमा कालोपत्रे गर्ने...

बागमतीका मुख्यमन्त्रीद्वारा खादा र मालामा नअल्मलिन निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका मन्त्रीहरुलाई खादा र मालामा नअल्मिन निर्देशन दिएका छन् । मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको गुनासोका बिच मुख्यमनत्री लामाले मन्त्रीहरुलाई खादा र मालामा नअल्मिन निर्देशन दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार भएको सरकारको हालसम्मको प्रगति र आगामी योजनाबारेको छलफलका व्रmममा...