स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको छ ।
निर्वाचन आयोगले संविधानको धारा २७१ बमोजिम आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना जारी गरेको हो ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ ।
यसैगरी, दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने जारी सूचना उल्लेख गरिएको छ ।
दलहरुले उपनिर्वाचनमा सहभागी हुन यही असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्नेछ ।
