समाचार

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । उनी आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन् । संवाद सचिव डा.फणीराज पाठकका शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । तर, उनी दसैँ मान्न भने नेपालमै आउने कार्यतालिका रहेको...

आजको मौसमः देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रही सबै प्रदेशको एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै कोशी, बागमती, गण्डकी...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने संसदीय सचिवालयले जनाएको छ । सो बैठकमा लाङटाङ राष्ट्रिय...

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन् ।...

हेटौंडामा कंक्रिट व्यवसायीलाई तालिम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा कंक्रिट व्यवसायीहरुलाई तालिम दिइएको छ । प्रदेशको मकवानपुर र चितवन जिल्लाका कंक्रिट व्यवसायीहरुलाई तालिम दिइएको हो । उक्त तालिम उर्जा मैत्री भवन निर्माणमा स्थानिय सरकारसँग समन्वय गर्दै काम थालेको बिन (बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल) परियोजनाले आयोजना गरेको हो । तालिम हेटौंडा उपमहानगरपालिकासँगको...

स्थानीय तह उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना जारी गर्दै आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने जानकारी गराएको हो । आयोगका सह–सचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले मंसिर २...

दुर्घटनामा परेर ट्रक चालकको मृत्यु

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा ट्रक...

क्यान्सर रोगको उपचार र नियन्त्रणमा अनुसन्धान गर्न आवश्यकः राष्ट्रपति

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक रहेको औल्याएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेले यस्तो औल्याएका हुन् । साथै...

दुर्घटनामा परेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२, लैनचौरमा दुई स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भएका २१ वर्षीय रूपेश केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएराति लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र–०२–०३६ प ७४४९ नम्बरको...

मकवानपुरका कार्कीसहित तीन जना दुबईबाट पक्राउ

काठमाडौं । विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । ठगीसम्बन्धी कसुर मुद्दामा दुई जना र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा एक जना गरी तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको...