समाचार
लागूऔषधसहित तीन जना पक्राउ
बाँके । नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित शुक्रबार दिउँसो तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् । उनीहरु लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्रामसहित पक्राउ गरेका छन्...
सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा दुई जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको न्याय परिषदको बैठकले दुई जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । बैठकले उक्त पदका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गरेको हो ।...
दशैं मनाउन भारतबाट घर फर्किंदै गरेका युवक महाकालीमा खसेर बेपत्ता
धनगढी । दशैं मनाउन भारतबाट घर फर्किएका एक युवक बैतडीस्थित महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै...
भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो अवरुद्ध
मकवानपुर । भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । ईन्द्रसरोबर गाउँपालिका–२, सुकौरास्थित बिहान साढे ९ बजे वर्षासँगै आएको पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, सो पहिरो स्थानीय, प्रहरी, सडक डिभिजनका प्राविधिकले हटाउने प्रयास भइरहेको...
बागमती प्रदेशः छुटेका योजनालाई सुझाउन कार्यदल गठन
मकवानपुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटमा छुटेका योजनालाई सुझाउन कार्यदल गठन गरिएको छ । चालु आवको बजेट प्रदेश सभाबाट पारित भएर कार्यान्वयनमा आएको दुई महिनाभन्दा लामो समयपछि प्रदेशका प्रदेश सभा सदस्यको छुटेका योजनाका बारेमा सुझाव दिन कार्यदल गठन गरिएको हो । प्रदेशका विभिन्न विषयगत...
बागमती प्रदेशः स्थानीय तहलाई अनुदान निकासा
हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा रहेका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान र ससर्त अनुदानबापतको पहिलो किस्ताको रकम निकासा गरेको हो । ११९...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने गरी आह्वान गरिएको छ । समसामयिक राजनीतिक सन्दर्भसँगै स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता र उम्मेदवारका सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक आह्वान गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानाकरी दिए । उनका अनुसार, बैठकमा आगामी...
आज र भोलि रात्रि बस नचलाउन आग्रह
काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार) र भोलि (शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा आज र भोलि अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो । प्राधिकरणले मनसुन पूर्व...
सवारी दुर्घटना हुँदा १६ जना घाइते, मकवानपुरका लामा पक्राउ
चितवन । चितवनको भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलोस्थित मुग्लिङ नारायणगढ सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नंम्वरको माइक्रो र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नंम्वरको दूध बोक्ने ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना...
आज ४५ औँ विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी पर्यटन दिवस मनाइने भएको हो । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागेको जनाइएको छ । उक्त दिवस मनाउन...









