दशैं मनाउन भारतबाट घर फर्किंदै गरेका युवक महाकालीमा खसेर बेपत्ता
धनगढी । दशैं मनाउन भारतबाट घर फर्किएका एक युवक बैतडीस्थित महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको छ ।
झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए ।
नदीमा खसेर बेपत्ता भएका उनको नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलील खोजीकार्य भइरहेको जनाइएको छ ।
धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण खोजतलासमा जोखिम रहेको प्रहरीले जनाएको छ ।
