लागूऔषधसहित तीन जना पक्राउ
बाँके । नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित शुक्रबार दिउँसो तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।
उनीहरु लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्रामसहित पक्राउ गरेका छन् । उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित फक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
